Saturday, 3rd October, 2026
वि.स.

हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा न्यौपाने नियुक्त

हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा रघुरमण न्यौपाने नियुक्त भएका छन् । मन्त्रीस्तरिय निर्णयबाट न्यौपाने ३ मंसीरमा अध्यक्ष नियुक्त भएका हुन् । हेटौंडा सिमेन्ट सरकारी स्वामित्वको उद्योग हो । 

उद्योगमन्त्री नविन्द्रराज जोशीले सिमेन्ट अध्यक्षमा न्यौपानेलाई अध्यक्ष नियुक्त गरेका छन् । न्यौपानेलाई अध्यक्ष बनाउन नेपाली कांग्रेस जिल्ला समिति मकवानपुरले समेत सिफारिस गरेको थियो । 

उनको कार्यकाल तीन बर्षको छ । नियुक्ति पत्र बुझिसकेपछि प्रतिक्रिया दिंदै न्यौपानेले आफ्नो कार्यकालमा उद्योगलाई अघि बढाउन कार्यतालिकाका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे । 

यसअघि अध्यक्ष रहेका श्रीधर पोोखरेलको कार्यकालपछि पाँच महिनादेखि सकिएपछि हेटौंडा सिमेन्ट अध्यक्ष विहिन थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०