Wednesday, 26th August, 2026
वि.स.

हेटौंडा र मनहरीको निषेधज्ञा ९ गतेसम्म जारी राख्ने निर्णय

Hetauda-1597557242.jpg

जिल्ला प्रशासन कार्यलय मकवानपुुरको कमाण्ड पोष्टले मकवानपुरको हेटौंडा उपमहानगरपालिका पुरै र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा जारी रहेको निषेधज्ञा आउँदो भदौ ९ गते सम्म जारी गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यलय मकवानपुुरका प्रमुख दिपकराज नेपालले जिल्लामा संक्रमितको जोखिम रहेकोले आउँदो भदौ ९ गते सम्म निषेधज्ञालाई जारी राखिने बताए ।

यसैगरि बैठकले खाद्यन्न तथा तरकारी पसल भने बिहान ५ बजे देखि ८ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । गत साउन २६ गते रातिबाट जारी गरिएको निषेधज्ञा ३२ साउन राति १२ बाट सकिनै लाग्दा प्रशासनले आउँदो भदौ ९ गते सम्म जारी राख्ने निर्णय गरेको हो । मकवानपुरमा हालसम्म १ सय ७० जनामा कोरोना पुष्टि भएको छ भने ४४ जना संक्रमित कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif