Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडामा १५०० बिद्यार्थीलाई खोप लगाइने, थाहामा कहिले?

IMG_20210806_174238-1628251151.jpg

नेकपा एमालेको बिद्यार्थी संगठन अनेरास्ववियुले बागमती प्रदेसको राजधानी हेटौंडामा उपमहानगर संग बिद्यार्थीको लागि खोप छुट्टाउन माग गरेको छ । २२ साउनमा अनेरास्ववियु हेटौंडा उपमहानगर कमिटिले स्थानीय सरकार हेटौंडा उपमहानगर पालिका र जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा खोपको माग राख्दै पत्र बुझाएको हो । सामान्य सवारी चालक समेतले खोप लगाइसकेको अवस्थामा बिद्यार्थीहरुलाई पनि खोपमा समाबेश गर्न अनेरास्ववियु नगर अध्यक्ष नवराज शर्माले प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई अनुरोध गरेको हो । पाण्डेले पनि खोप माग पत्र बुझ्दै उपमहानगरले व्यवस्थापकीय भुमिका निर्वाह गर्ने अवस्थामा बिद्यार्थीलाई खोप लगाउने सकिने बताए ।

बिद्यार्थीलाई खोपको व्यवस्थापन गराउने अभियानमा लागेका अनेरास्ववियुले उपमहानगर कार्यालय प्रमुख शिवराज चौलागाईं पनि भेटेरै खोपको व्यवस्थापन गर्न अनुरोध गरेको हो । अखिल केन्द्रिय सदस्य नवीन मिश्रले बिद्यार्थीलाई खोप नलगाए अनेरास्ववियु आन्दोलित हुन बाध्य हुने बताएका थिए । शिवराज चौलागाईंले माग सम्बोधन गर्दै १५०० बिद्यार्थीलाई खोप उपलव्ध गराउन सकिने बताए । अनेरास्ववियु केन्द्रिय सदस्यहरु आशिष अस्लामी, नितेस लामिछाने, भुवन मैनाली, नवीन मिश्र, हेटौंडा उपमहानगर संयोजक नवराज शर्मा जिल्ला सदस्यहरु भुपेन्द्र राना लगायतका टोली खोप माग्न पुगेका थिए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०