nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडामा १२ बर्षिय बालकलाई हत्या गरेर झुण्डाइएको अवस्थामा फेला, अनुसंधान गर्दै प्रहरी

Hatya-Murder-Hita-2-1672064267.jpg

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटिया चिसापानी नजिक एक बालकलाई हत्या गरेर झुण्डाइएको अवस्थामा फेला पारिएको छ । स्थानीय मुस्कान भन्ने सुजन थिङलाई पछाडि हात बाँधेर झुण्डाइएको अवस्थामा स्थानियले देखेपछी प्रहरीलाई खबर गरेका थिए ।

मृतकको सबको प्रकृति हेर्दा हत्या गरिएको हुन सक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताए । अहिले जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीको नेतृत्वको प्रहरीले घटना स्थलमा अनुसंधान जारी राखेको छ ।

बालकको हेटौंडा अस्पतालमा पोष्टमार्टमपछी मात्र हत्या वा आत्महत्या भएको भन्न सकिने डि एस पी कार्कीले बताए ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)