Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडामा होटलको छतबाट खसेर एकजनाको मृत्यु

death-body-1612502610.jpg

 हेटौंडाको हुप्रचौरमा रहेको क्वीक २० होटलको छतबाट खसेर एक जना कामदारको मृत्यु भएको छ । शुक्रबार बिहान होटलमा काम गर्ने रौतहटको देवाही नगरपालिकाका ४२ बर्षीय विनोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर रानाले बताए ।

५ तल्ले क्विक २० होटलको छतबाट खसेका यादबलाई उपचार गर्ने क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यादवले होटलमा सरसफाइको काम गर्ने गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०