Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडामा प्रदेश प्रहरी मुख्यालय भवन शिलान्यास

nppp-1620469750.jpg

वाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रदेश प्रहरी कार्यालय मुख्यालय भवनको आजदेखि निर्माण कार्य शुरु गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेलले शनिबार उक्त भवनको शिलान्यास गरे ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा प्रदेश प्रहरी कार्यालयको परिसरमा कूल रु ३२ करोडको लागतमा तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ मुख्यालय भवन निमार्णको काम थालिएको हो ।

एक हजार ३१८ स्क्वायर मिटर ९१४१८१६८ वर्गफिट० मा भवन निर्माण हुनेछ । चालु आर्थिक वर्षका लागि उक्त मन्त्रालयबाट रु पाँच करोड निकासा भएकामा टेन्डर प्रक्रया सबै सम्पन्न गरी निर्माण कम्पनीसँग सम्झौतासमेत भई निर्माण कार्य प्रारम्भ भएको छ ।

निकट भविष्यमा नेपाल प्रहरी समायोजन भई प्रदेश प्रहरीका रुपमा रहने भएकाले हालको संरचना अपुग हुने र प्रदेश प्रहरीको प्रधान कार्यालयका रुपमा विकास गर्नुपर्ने भएको हुँदा उक्त भवनको निर्माण कार्य शुभारम्भ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी हाल सङ्घीयअन्तर्गत रहे पनि प्रदेश सरकारले भवन निर्माणलगायत शान्तिसुरक्षासँग सम्बन्धित प्रत्यक्ष सरोकार राख्ने विषयमा सहयोग गर्दै आइरहेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा हालसम्म वाग्मती प्रदेश ९उपत्यका बाहेक० अन्तर्गत ३४ प्रहरी एकाइ निर्माण सम्पन्न भइसकेका र १२ प्रहरी एकाइ निर्माणाधीन अवस्थामा रहेका छन् ।

चालु आवमा प्रदेश प्रहरी कार्यालयको मुख्यालयसमेत गरी थप २१ प्रहरी एकाइ निर्माणका लागि सम्झौता भई निर्माण कार्य प्रारम्भ भइसकेको छ । समग्रमा हालसम्म ६७ प्रहरी एकाइ निर्माणका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सहयोग प्राप्त भइसकेको छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०