Wednesday, 8th July, 2026
वि.स.

हेटौंडामा निषेधाज्ञा हटाइँदै, थाहानगरमा के हुन्छ ?

कोरोना संक्रमण बढेपछि गत साउन २६ गतेबाट मकवानपुरको हेटौँडामा लगाईएको निषेधज्ञालाई भदौ १६ गतेबाट हटाईने भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालका अनुसार भदौ १६ गतेबाट बिहान १० बजेसम्म सबैप्रकारको ब्यवसायलाई सञ्चालन गर्न दिने तयारी गरिएको छ । 

हेटौँडामा भएको सर्वपक्षिय भेलाले सुझाव प्राप्त भएको भन्दै उनले निषेधज्ञालाई हटाउँदै कोभिडको निर्देशिका बमोजिमको आदेश गरिने बताए ।

अन्य जिल्लाबाट मकवानपुर छिर्ने नाकालाई कडा गरिने भन्दै उनले बिहान १० बजेसम्म बजार सञ्चालनको तयारी गरिएको बताए । उनले बजार क्षेत्रमा समान किन्न आउनेहरुले सबारीसाधन भने ल्याउन नपाउने बताए । यो परिस्थितीलाई ध्यान दिएर घरपायकै सामग्री खरिद गर्नको लागि समेत उनले आग्रह गरेका छन् । बैंकको हकमा भने दिउँस केहि घण्टा सञ्चालन गर्न दिने तयारी गरिएको प्रजिअ नेपालको भनाई रहेको छ ।

यसैबीच थाहा नगरपालिकामा जारी निषेधाज्ञालाइ के कसरी अघि बढाउने भन्ने विषयमा १५ भाद्र दिउँसो १ बजे सर्वपक्षिय बैठक बस्ने नगर उपप्रमुख खड्रग गाेपालीले जकानकारी दए । थाहानगरमा लगाइएको निषेधाज्ञा १५ भाद्र राती १२ बजे सकिँदेछ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०