Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडामा एकैदिन थपिए २ जना कोरोना संक्रमिति

Htd.-1595167474.jpg

कोरोना भाईरस नियन्त्रण गर्न सरकार लागिरहेता पनि जनस्तरबाट सचेत नहुँदा जोखिम बढ्दै गएको छ । पछिल्लो समयमा हेटौंडामा दैनिक जसो कोरोना भाईरस संक्रमित भेटिँदा पनि भीडभाड हुन छोडेको छैन् ।

आईतबार पनि हेटौंडा उपमहानगरपालिकाका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित प्रदेशस्तरीय कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा–५ की २० वर्षीया युवती र हेटौंडा–१४, की २६ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डका ईन्चार्ज भोला चौलागाईले जानकारी दिएका छन् ।

हेटौंडा–५ की युवती भारतबाट आएकी हुन् भने हेटौंडा–१४ की २६ वर्षीया महिलाका श्रीमान्मा एक साताअघि मात्रै कोरोना संक्रमण पुष्टि भएकोले श्रीमान्बाटै संक्रमण विस्तार भएको हुन सक्ने बताइएको छ । संक्रमित दुबैजनालाई आइसोलेसन वार्ड ल्याइएको छ । हेटौंडा–५ की युवती भारतबाट आएर हेटौंडा–९ स्थित वडा कार्यालयले निर्माण गरेको क्वारेन्टिनमा बसेकी थिइन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०