Thursday, 27th August, 2026
वि.स.

हेटौंडामा आइपुग्यो कोरोनाको खोप

corona-khop-1611674132.jpg

बागमती प्रदेशको राजधानी हेटौडाम कोरोना विरुद्ध लगाइने खोप (कोभिशिल्ड) आइपुगेको छ ।

सरकारले भोलिबाट सुरु गर्ने खोप अभियान अन्तर्गत प्रदेशको राजधानी हेटौडामा खोप आइपुगेको हो । बागमती प्रदेशमा पहिलो चरणमा ६३ हजार खोप लगाइने छ ।

प्रदेशको राजधानी समेत रहेको मकवानपुरमा २ हजार २ सय ८९ जनालाइ खोप लगाइने बागमती प्रदेश स्वास्थ निर्देशनालयका निर्देशक रमेश अधिकारिले बताए । मकवानपुरमा खोपको लागि एक खोप केन्द्र निर्धारण गरिएको उनको भनाइ छ ।

पहिलो चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक र चालक, एम्बुलेन्स तथा शव बाहनका चालक र सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयं सेवक, शव व्यवस्थापनमा खटिएकाहरू, स्वास्थ्य स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकलाई खोप दिइने तयारी भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक अधिकारीले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif