Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडाबाट अबैध सालको काठ बरामद, दुई जना पक्राउ

kath-1623925672.jpg

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ११ तिनताप्केबाट अबैध सालको काठसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मिनि टाटा गाडीबाट सालको काठसहित दुई जनालाई पक्राउ गरेको हो ।

बसामाडीबाट पदमपोखरीतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ख ०१३२ नम्बरको मिनि टाटा गाडीलाई रोकेर चेकजाँच गर्दा गाडीबाट ५४ क्युफिट९२७ वटा फेन्टा०अबैध सालको काठ बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्यर रिमालले बताए ।

प्रवक्ता रिमालका अनुसार पक्राउ पर्नेमा गाडी चालक हेटौंडा उपमहानगरपालिका वडा नं.११ का २३ वर्षीय सुखराम रुम्बा र हेटौंडा उपमहानगरपालिका वडा नं।१३ का २४ वर्षीय दिपेश लामा रहेका छन् । सो काठ ओसार–पसारमा सम्लग्न लामालाई सोही गाडिको पछाडि ना ५२ प ८८०९ नम्बरको मोटरसाइकलमा आएको आवस्थामा पक्राउ गरिएको उनले बताए ।

उक्त काठ, गाडी र मोटरसाइकल सहित नियन्त्रणमा लिई आवश्‍यक कारवाहिको लागी डिभिजन वन कार्यालय राप्ती मनहरी पठाईएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०