Monday, 17th August, 2026
वि.स.

हेटौंडाको बुद्धचोकमा व्यक्तिमाथि खुकुरी प्रहार

khukuri-e1509420251113-1628661670.jpg

हेटौंडाको बुद्धचोकमा २७ साउन बिहान एक व्यक्तिमाथि खुकुरी प्रहार भएको छ । दुई युवकबीच भएका आन्तरिक विवादका कारण खुकुरी प्रहार हुँदा हेटौंडा उपमहानगरपालिका–१० बसपार्क बस्ने सौरम लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार, खुकुरी प्रहारबाट लामाको खुट्टामा चोट लागेको छ । उनको हेटौंडाको अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, खुकुरी प्रहार गर्ने अर्का युवक हेटौंडा उपमहानगरपालिका–१ बस्ने प्रसान्त नगरकोटीको टाउकोमा चोक लागेको जनाएको छ । उनलाई लामाले आफ्नो ज्यानको सुरक्षाका लागि इट्टा प्रहार गर्दा टाउकोमा चोक लागेको प्रहरी नायब उपरीक्षक रिमालले बताए । लामाको अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी नायब उपरीक्षक रिमालका अनुसार उनीहरुबीच यसअघि पनि झगडा भई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मिलापत्र गरेर पठाइएको थियो ।

उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०