Sunday, 23rd August, 2026
वि.स.

हेटौंडाको फुड बैंकलाई खाद्यान्न सामग्री सहयोग

sahayog-1599378781.jpg


“हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं” भन्ने अभियान सहित सुरु भएको फुडबैंकलाई मकवानपुर जिल्ला साईकल संघले आज खाद्यान्न सामग्री सहयोग गरेको छ ।

मदन भण्डारी फाउण्डेशन मकवानपुरले सञ्चालन गरेको फुड बैंकलाई आइतबार समाजले १४ हजार ५ सय बराबरको चामल, दाल, नुन र तेल खाद्यन्न सहयोग गरेको हो । कोरोना संक्रमणको कारण दैनिक गुजरा टार्न समेत समस्या भएकाहरुको लागि भनेर सञ्चालनमा आएको फुडबैंकलाई जिल्ला संघको पदाधिकारी तथा सदस्यहरुले व्यक्तिगत रकम संकलन गरी सहयोग गरेको अध्यक्ष्य संगित श्रेष्ठले बताए ।

मकवानपुर जिल्ला साईकल संघका कार्यसमितिको उपस्थितिमा फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलाललाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif