Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडाको कर्रा खोलाले बगाएका दुइजना मध्ये एक जनाको शब भेटियो

IMG_20210904_135439-1536x-1630769784.jpg

हेटौंडाको कर्रा खोलाले टकसहित बगाएका दुइजना मध्यमा एक जनाको शब भेटिएको छ । हिजो र आज प्रहरी, स्थानीय वासिन्दा र नेपाली सेना सहितको टोलीले खोजी गर्दा आज एक जनाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनास्थलबाट करिब २ सय मिटर तल खोलामा एक एक जनाको शव भेटिएको भए पनि उनको सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अर्का एक जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ रामपुरडाँडास्थित कर्रा खोलाले शिवम सिमेन्ट उद्योगबाट चौघडातर्फ आउदै गरेको ना ४ ख १४४० नम्बरको ट्रकसहित दुई जनालाई बगाएको थियो । खोलाले ट्रकका चालक हेटौंडा घर भएका ४० वर्षीय बद्री सार्की र उनका साथी ४० बर्षीय गणेश थापा मगरलाई बगाएको थियो । पानीको बहाव घटेसँगै ट्रक करिब १०० मिटर पर फेला परेको थियो । प्रहरी र सेनाको टोलीले खोजि कार्य गरेको थियो।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०