Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौँडा अस्पतालमा अक्सिजनको अभाव,उपचारमा समस्या

hetauda-hospital-1620987814.jpg

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको हेटौँडा अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ । मकवानपुरमा दिनानुदिन बढिरहेको कोभिड–१९ ९कोरोना भाईरस० का विरामिहरु बढेसँगै हेटौँडा अस्पतालमा अक्सिजनको अभाव भएको हो ।

अक्सिजनको अभाव भएसँगै प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै शुक्रबारबाट अक्सिजन आवश्यक पर्ने विरामिको उपचार गर्न नसकिने जनाएको छ । विज्ञप्तिमा भनिएको छ : कोभिड–१९ का संक्रमितहरुलाई हेटौँडा अस्पतालले सुरुवाती चरणबाटै हालसम्म सेवा गर्दै आईरहेकोमा आजैबाट संक्रमण भै भर्ना भएका अक्सिजन दिई उपचार गर्नुपर्नेको लागि समस्या सृजना भएको छ साथै एचडियु र आईसियुमा भर्ना भएका बिरामीको लागि अब जम्मा ३ घण्टाको लागि मात्र अक्सिजन रहेको , अस्पतालले आवश्यक अक्सिजनको लागि अन्य जिल्लाको उद्योगहरुसँग भरपर्नुपर्ने अवस्था रहेको र बाहिरबाट हालसम्म प्राप्त भैरहेको अक्सिजन सिलिण्डर समेत हिजो रातिबाट उपलब्ध हुन छाडेको अप्ठेरो परिस्थिती सृजना भएको छ । अस्पतालले उपचार गर्दै आईरहेको सेवामा अक्सिजन उपलब्ध हुन नसकेको हुनाले विरामीको उपचारमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौ ।

अस्पताल सञ्चालन तथा ब्यवस्थापन समितिका सदस्य उत्सव चौँलागाईले मकवानपुरमा अक्सिजन प्लान्ट नहुनुनै दुर्भाग्य भएको बताए । बाहिरबाट अक्सिजन ल्याउनुपर्ने भएको कारण  समस्या भएको उनको भनाई रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०