Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौँडामा मुक्ति समाजको अगुवा कार्यकता भेला, सम्मेलन आयोजक कमिटी गठन

mukti-samaj-(1)-1626604633.jpg

नेपाल उत्पीडित जातीय मुक्ति समाज मकवानपुरको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा एमाले नेता अनन्त पौडेलको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको होे । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले आफू लामो समयदेखि दलितहरुको हक अधिकार प्राप्तिको लागि लागिरहेको भन्दै जातीय भेदभाव र छुवाछुत गर्ने अधिकार कसैलाई नभएको बताए । उनले यदि जुनसुकै पार्टी वा व्यक्तिले जातीयताको आधारमा छुवाछुत गर्छ भने कानुनी कठघरामा ल्याउनु पर्ने बताए  । रुपा सुनारको घट्नाको स्मरण गर्दै पौडेलले यो विषयलाई महत्वको साथ नेकपा एमाले प्रदेश कमिटिमा उठाएको र सोको फलस्वरुप शिक्षामन्त्रीले माफीसमेत मागेको दाबी गरे । 

कम्युनिष्ट विचारधारा राख्ने व्यक्तिहरुले जुनसुकै विवेद गर्न नहुने भन्दै नेता पौडेलले यसको अन्त्यको लागि शैक्षिक, मनोवैज्ञानिक, आर्थिक, लैंगिक र राजनीतिक चेतना र सशक्तीकरण हुनु पर्नेमा जोड दिए । छुवाछुत अन्त्यका लागि प्रभावकारी र उपयोगी शिक्षा दिनु पर्नेमा उनको जोड रहेको थियो । 

कार्यक्रमका विशिष्ट अतिथि नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य युक्तलाल विश्वकर्माले सम्पूर्ण दलित समुदायहरु एकजुट हुनुपर्ने र राजनीति बुझ्नु पर्ने बताए । विश्वकर्माले जातीय छुवाछुतमुक्त रास्ट्र घोषण गर्न र दलित आयोग गठन गर्न नेपाल उत्पीडित जातीय मुक्ति समाजको ठूलो भूमिका रहेको उनले स्मरण गरे । 

त्यस्तै केन्द्रीय सदस्य सरिता परियारले आफ्नो क्षेत्रमा पार्टीलाई बलियो बनाउन जरुरी रहेको भन्दैै वडा तह बलियो बनाउन सकेमात्रै नेतृत्व तह बलियो हुने बताइन् । केही समय पार्टीका कार्यक्रमहरु सुन्य भए तापनि अब चलायमान बनाउदैँ सम्पूर्ण उत्पीडित समुदायहरु एकजुट हुन उनको आग्रह थियो । 

केन्द्रीय सदस्य कमलकुमार विश्वकर्माले सहभागीहरुले राखेका प्रश्नको जवाफ दिँदै दलित समुदायलाई तालिम, अन्तरक्रिया, छलफल, गोष्ठीमार्फत सचेत गराउनुपर्ने आजको आवश्यता रहेको बताए । उनले सम्पूर्ण जनसमुदायलाई आफ्नो पार्टीप्रति बफादार हुन र उत्पीडित समुदायहरु एकजुट भइ आफ्नो हक अधिकार प्राप्तिको लागि सजग र सचेत हुन आग्रहसमेत गरे । 

मुक्ति समाज मकवानपुरका सह–इन्चार्ज केशब रसाइलीको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका स्थानिय तहका जनप्रतिनिधिहरु, दलित विद्यार्थी, विभिन्न दलित संगठनमा आवद्ध प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । 

जिल्ला सम्मलेन आयोजक कमिटी गठन 
यसैबीच नेपाल उत्पीडित जातीय मुक्ति समाज मकवानपुरले जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ । गोविन्द विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय सम्मेलान आयोजक कमिटि गठन गरेको हो । 

सो कमिटीको सह—संयोजक राधा विश्वकर्मा, सचिव राजु नेपाली र कोषाध्यक्ष रामचन्द्र सदाशंकरलाई चयन गरिएको छ । त्यसैगरी सचिवालय सदस्यहरु उषा परियार, रुपक कालिराज, मनोज कालिराज, बिशु सेन्चुरी, मन्दिप विश्वकर्मा र शान्ति विश्वकर्मा चयन गरेको नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रय सदस्य कमलकुमार विश्वकर्माले जानकारी दिए ।

नयाँ कमिटीलाई नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सचिवालय सदस्य प्रभु हजराले सपथ ग्रहण गराएका थिए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०