Thursday, 27th August, 2026
वि.स.

हेटौँडाको होटलमा एकजना मृत फेला

body-1-1610354272.jpg

हेटौंडा–४ मा रहेको होटल सामनामा सोमबार विहान एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

ओखलढुङ्गा स्थाई घर भई हाल भक्तपुरको वालकोट बस्ने ६० बर्षका लेखजङ्ग धोज केसी सोमबार होटलमा मृत फेला परेका हुन् । पुस १२ गतेदेखि सामाना होटल बस्दै आएका केसी महालेखा नियन्त्रक कार्यालयका अवकाश प्राप्त सचिव रहेका मकवानपुर प्रहरीले जानकारी दिएको छ । उनी हेटौंडा सिमेन्ट उद्योगको अडिटको कार्यको लागि मकवानपुर आएका थिए ।

केसी सहित अन्य ३ जना २ वटा कोठामा बस्दै आएका थिए । बेलुका अल्कोहलको सेवन गरेरसंगै सुतेका केसी विहान मृत भेटिएको उनीसंगै बस्ने साथीले बताएको प्रहरीले जानकारी दिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif