Saturday, 15th August, 2026
वि.स.

हेटाैँडा जेसीजकाे अध्यक्षमा पवनकुमार सर्वसम्मत

jci-htd-e1640859692172-1640865705.jpg

जेसीआई हेटौंडाको अध्यक्षमा पवनकुमार कंशाकार चयन भएका छन् । वर्ष २०२२ को अध्यक्षमा कंशाकर सर्वसम्मत रुपमा चयन भएका हुन् । सो पदका लागि श्रवणकुमार बर्तौला र कंशाकारको उम्मेदवारी परेको थियो । अध्यक्षमा आकांक्षी बर्तोलाले अग्रजको हिसाबले कंशाकारलाई समर्थन गर्ने गरी उम्मेदवारी फिर्ता लिएका हुन् ।

निर्वाचन आयुक्त राजदेव बानियाँले १५ पुस दिउँसो सर्वसम्मत अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षहरु घोषणा गरे । यसअघि सन् २०१२ का लागि कृष्ण कटुवाल सर्वसम्मत अध्यक्ष चयन भएयता सर्वसम्मत नेतृत्व चयन हुन सकेको थिएन ।

२ जना कार्यकारिणी उपाध्यक्षमा शिवकुमार श्रेष्ठ र संग्राम बल लामा सर्वसम्मत निर्वाचित भएका छन् भने उपाध्यक्ष पदमा महेश्वर अधिकारी, श्याम कृष्ण दहाल, संदिपजंग कार्की र अमित आचार्य सर्वसम्मत चयन भएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif