Wednesday, 19th August, 2026
वि.स.

हेटाैँडाबाट हिमाल देखेपछि...(तस्बिरसहित)

IMG_20220204_195520-1643984087.jpg

बागमती प्रदेश राजधानी हेटाैँडाबाट नेपालकाे उत्तरी सीमानामा रहेका हिमश्रृङ्खला अवलाेकन गर्न सम्भव छैन । तर यसपटक २१ माघमा मकवानपुरकाे थाहा नगरपालिका र भीमफेदी गाउँपालिकाकाे महाभारत पर्वतमा परेकाे हिउँ जमेर सेताम्मे भएकाे दृश्य भने हेटाैँडाबासीले हेर्ने अवसर पाएका छन् ।

हेटाैँडाबाट पालुङतर्फ हेर्दा थाहानगर र भीमफेदीकाे सीमाडाँडामा सेताम्मे हिउँ जमेकाे देखिएकाे नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताए । खबरब्रेक डट कमले हेटाैँडाकाे बुद्धचाेकबाटै उत्तरी मकवमनपुरमा हिउँ देखिएकाे समाचार लेखेकाे छ ।

त्यस्तै थाहानगर पालुङका युगल ढकालले हेटाैँडा उपमहानगरपालिकाकाे हटियाबाट हिउँले ढपक्क डाँडाकाे तस्बिर खिचेका छन् । साे तस्बिर उनकाे फेसबुकमा राखिएकाे छ । 

हेटाैँडाबाट थाहानगर र भीमफेदीकाे सीमाना तारेभीर, ऋषेश्वर डाँडा र सँगैकाे श्रृङ्खलामा सेताम्मे हिउँ देख्न सकिन्छ । मधेश क्षेत्रबाट उत्तरी मकवानपुरकाे डाँडामा जमेकाे हिउँ देखिएपछि हिउँमा प्रत्यक्ष रमाउन आउनेहरुकाे संख्या २१ माघ  अपरान्हबाटै वृद्धि हुन थालेकाे गाैरीशंकर हाेटल दामनका सञ्चालक शिवकुमार खत्रीले बताए । दामन-सिमभञ्ज्याङ क्षेत्रमा २१ माघमा दुई फीटसम्म हिउँ परेकाे छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif