Monday, 24th August, 2026
वि.स.

कैलाश गाउँपालिकामा ८ जना वडा अध्यक्षद्वारा बजेट बहिस्कार

IMG_20210711_211913-1626017762.jpg

कैलाश गाउँपालिकाको बजेट बाँडफाँडमा अध्यक्ष टंक बहादुर मोक्तानले एकलौटी गरेको भन्दै ८ जना वडा अध्यक्षहरु बहिस्कार गरेका छन् । गत असार १५ गते नीति तथा कार्यक्रम पास गरेको गाउँपालिकाले २७ असारमा  बजेटलाई अन्तिम रुप दिनको लागि बिहान कार्यपालीका बैठक बोलाएको थियो ।

तर वडा अध्यक्षहरुलाई जानकारी नदिई हेटौँडाको होटलमा बसेर बजेट बाँडफाँड गरेर अध्यक्षले एकलौटी गर्न खोजेपछि आफुहरुले बहिस्कार गरेको वडा अध्यक्षहरुको भनाइ रहेको छ । १० वटा वडा रहेको कैलाशमा एमाले र कांग्रेसका समान ४–४ जनाले बहिस्कार गरेका हुन् ।

बहिस्कारबारे प्रतिक्रिया दिँदै कैलाश गाउँपालिका वडा नंबर ५ का वडा अध्यक्ष छेकु लामाले गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तानको मनलाग्दी अब सहन नसक्ने बताए । हेटौँडाको एउटा होटलमा केहि माओवादीहरुसँग बसेर गाउँपालिकाको बजेट एकलौटी ढंगले बाँढन थालेको भन्दै उनले यस्तो प्रवित्तीले गाउँको विकास नहुने बताए ।
आफुहरुले पटक–पटक गाउँपालिका अध्यक्षसँग बसेर सामुहिक छलफलमा योजना निर्माण गर्न अनुरोध गरेपनि अध्यक्षले कुनैपनि कुरा नमानेको र चोरबाटोबाट बजेट पास गर्न खोजेको कारण आफुहरुले बहिस्कार गरेको बताए ।

कैलाश गाउँपालिकामा प्रत्येक वर्ष बजेटको सन्दर्भमा विवाद हुने गरेको देखिएको छ । अध्यक्षले वडा अध्यक्षहरुलाई वाईपास गरेर एकलौटी बजेट ल्याउन खोज्नुनै सबैभन्दा समस्या भएको वडा अध्यक्षहरुको भनाई रहेको छ । मुलुक केन्द्रीकृत राज्यप्रणालीबाट बिकेन्द्रीकरण तर्फ गैरहेको सन्र्दभमा अध्यक्षले आफुलाई केन्द्रमा राखेर वडा अध्यक्षलाई वाईपास गर्न खोजेपछि यो पटक माओवादी केन्द्रका दुई बाहेक अन्य ८ वडा अध्यक्षले बैठक बहिस्कार गरेका हुन् ।

बैठक बहिस्कार गर्नेमा वडा नंबर १,२,५,६,७,८,९,१० नम्बरका वडा अध्यक्षहरु रहेका छन् । जसमध्ये वडा नम्बर १,५,८ र ९ नम्बर वडामा एमाले विजयी भएको थियो भने २,६,७ र १० नम्बर वडा मा नेपाली काँग्रेस विजयी भएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०