Saturday, 21st May, 2022
वि.स.
ict-nepal-1625344508.gif

हाम्रो नेपालमा : सम्धिनी नै भगाएपछि...

labour-Law-1642946039.jpg

प्रेम विवाह गरी भागेका सम्धी सम्धिनी पक्राउ परेका छन् । उनीहरूविरुद्ध बहुविवाह मुद्दा दर्ता भई आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरीका अनुसार सिरानचोक गाउँपालिका–४ भर्लाबोटका ४४ वर्षीय पुरुषले आफ्नै सम्धिनी ४० वर्षीया महिलालाई भगाएर विवाह गरेका हुन् । केही वर्षदेखि उनीहरूबीच प्रेम सम्बन्ध रहेको अनुसन्धानबाट खुल्न आएको लाई जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले बताए ।

मंसिर २३ गते सम्धिनीलाई भगाएर चितवन लगेछ र त्यतै कोठा लिएर राखेछ,’ उनले भने, ‘पुस २३ गते विवाह गरेको भन्दै आफ्नै घरमा ल्याएपछि उक्त पुरुषको घरमा भएकी श्रीमतीले प्रहरीमा जाहेरी दिनुभयो ।’सोही जाहेरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको डिएसपी दाहालले बताए ।

प्रहरीका अनुसार उक्त पुरुषको घरमा श्रीमती र दुई छोरा छन् । कान्छो छोराको सासुसँग उनले प्रेम विवाह गरेका हुन् । सम्धीसँग विवाह गर्ने महिलाको श्रीमान् भने रोजगारको शिलशिलामा भारतमा बस्दै आएको बताइएको छ । म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

corona_ad-1626692113.gif






FB_IMG_1642942313261-1642942439.jpg
bemaushami-1643293386.jpg
condom-1646546287.jpg