Monday, 31st August, 2026
वि.स.

हरेक स्थानीय तहमा उद्योग ग्रामः मुख्यमन्त्री पौडेल

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हरेक स्थानीय तहमा उद्योग ग्राम खोलेर यूवालाई उद्यममा जोड्ने बबताएकाछन् । बलेफी ७ स्थित अमलटारमा प्रदेश सरकारको लगानीमा निर्मित भूकम्पपीडित यूवा उद्यमी तालिम केन्द्र भवनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले यूवाका सीपलाई उद्यममा जोड्न सकेमात्र मुलुक सम्वृद्ध बन्ने बताए ।

‘हामी हरेक स्थानीय तहमा एक उद्योगग्राम खोल्ने अभियानमा छौं’, उनले भने, ‘प्रदेश सरकारले यूवालाई उद्यममा जोडेर, उत्पादनमा लगाउने अभियान सुरु गरिसकेको छ ।’ मुख्यमन्त्री पौडेलले कार्यक्रमकाबीच यूवाहरुलाई उद्यम र उत्पादनमा जुट्नसमेत आग्रह गरे । बिभिन्न गाउँ ठाउँमा उत्पादित कृषि उत्पादनले बजार नपाएकोप्रति इंगित गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले कृषि उत्पादनका लागि बजार खोजिदिने प्रतिबद्धतासमेत ब्यक्त गरे । ‘बजार पाइँदैन भन्ने चिन्ता नगर्नुस्, हामी हरेक खाले उत्पादनलाई बजारको व्यवस्था गरिदिन्छौं’, उनले भने, ‘सिन्धुपाल्चोकको उत्पादन चितवन जानसक्छ, चितवनको उत्पादन अब सिन्धुपाल्चोक आउनसक्छ ।’

कार्यक्रममा प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले उद्योगको विकास र उद्यमशीलताबाट नै प्रदेशलाई समृद्ध बनाउने अभियानमा सरकार अघि बढेको बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०