Thursday, 27th August, 2026
वि.स.

हराएको २२ थान मोबाइल बुझायो मकवानपुर प्रहरीले

photo-1-1615195160.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मितिमा चोरी भएको तथा हराएको मोबाइल फेला पारि मकवानपुर प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ । प्रहरी कार्यालयका अनुसार विभिन्न समयमा हराएर र प्रहरीले फेला पारेका मोबाइला धनीलाई नै बोलाएर जिम्मा लगाई दिएको हो ।

हराएका तथा चोरी भएका २२ वटा मोबाइल फेला पारी सोमबार सम्बन्धित मोबाइल धनीलाई बुझाएको कार्यालयले जनाएको छ । बिभिन्न मितिमा मोबाईल चोरीका तथा हराएका धेरै उजुरी आउन थालेपछि मकवानपुर प्रहरीले विशेष टोली गठन गरेर खोजी गरेको थियो ।

विभिन्न कम्पनीका १३ देखी ५५ हजार सम्म पर्ने ४ लाख ४० हजार मुल्य बराबरको मोवाईलहरु फेला पारी सम्बन्धित धनीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बोलाई जिम्मा लगाईएको कार्यालयका प्रवक्ता एवम् डिएसपी जयश्वर रिमालले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif