Wednesday, 26th August, 2026
वि.स.

स्वास्थ्य मन्त्रालय भन्छ-रेम्डेसिभिर औषधि चाहिएमा आयन हेल्थकेयरमा सम्पर्क गर्नुहोस्

Ministry-of-Health-1620836155.jpg

कोभिड—१९ भइ अस्पताल भर्ना भएका बिरामीलाई रेम्डेसिभिर औषधिको आवश्यकता परेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयर सम्पर्क गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।   

कोभिड—१९ को उपचारका लागि हालसम्म कुनैपनि औषधि प्रमाणित नभएको समेत स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । औषधि आयातकर्ताबाट रेम्डेसिभिर प्राप्त गर्नका लागि कोभिड अस्पताल वा ती अस्पतालमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन सहित औषधि लिन जाने व्यक्तिको परिचय पत्रको प्रमाण सहित सम्र्पक गर्नुपर्ने हुन्छ । प्रति भाइल चार हजार ९ सय रुपैयाँका दरले खरिद गर्न सकिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

रेम्डेसिभिर औषधि खरिद गर्नका लागि यी नम्बरमा  सम्पर्क​ गर्नुहोस् :

डा. अबुल अन्सारी —९८००५५५९१०,

सुवास —९८१०१९४४१६

डा. बिमल— ९८४१५०६३७०

कमल —९८५११२४६३९, ९८५११२४६३९ नम्बर सम्र्पक गर्न स्वास्थ्य मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।

 

 

रा



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif