Monday, 24th August, 2026
वि.स.

स्वावलम्बनले दियाे ४५ विपन्न सदस्यलाई राहत सामग्री

94b660e962e4a424fee5c7b45-1623676482.jpg

थाहा नगरपालिकाकाे शिखरकाेटमा कार्यालय रहेकाे स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सदस्यहरुमध्ये अति विपन्न ४५ जनालाई खाद्यान्न सहयाेग गरेकाे छ । 

३१ जेठमा सदस्यहरुलाई कार्यालयमै बाेलाएर राहतस्वरूप  खाद्यान्न सहयाेग गरिएकाे हाे । संस्थाका शाखा प्रमुख  मातृकाप्रसाद घिमिरेले छनाेटमा परेका अतिविपन्न  सदस्यहरुलाई सहयाेग प्रदान गरेका हुन् । 

उनीहरुलाई जनही १० किलाे चामल, १ किलाे दाल, १ प्याकेट तेल र एक प्याकेट नून वितरण गरिएकाे संस्थाले जनाएकाे छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif