Thursday, 27th August, 2026
वि.स.

स्वरसम्राट नारायणगोपालको ३० औँ स्मृति दिवस मनाईँदै

narayan-gopal-1607060487.jpg

स्वरसम्राट नारायणगोपाल गुर्वाचार्यको ३० औँ स्मृति दिवस शुक्रबार मनाईँदै छ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायणगोपालको सम्झनामा यो वर्ष कोरोना भाइरसको महामारीका कारण भिडभाडयुक्त कार्यक्रम हुने छैनन्, तर सीमितको सहभागितामा कार्यक्रम हुँदैछन् ।

वि सं १९९६ सालमा काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो ।

विक्रम सम्वत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले एक सय ३५ भन्दा धेरै गीत गाएका छन् ।

उनले आधुनिकसँगै डेढ दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गाएका छन् । उनले गाएको ‘म त लाली गुराँस भएछु’, ‘एउटा मान्छेको मायाले कति’, ‘लौ सुन म भन्छु मेरो राम कहानी’ लगायतका गीत अहिले पनि उत्ति नै रुचाइएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif