Thursday, 27th August, 2026
वि.स.

स्वयंसेविकाको विवरण नपठाए अपुग रकम स्थानीय तहले नै व्यहोर्नु पर्ने

Ministry-of-health_swasth-1614699874.jpg

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन २५ गतेसम्म स्थानीय तहका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको अद्यावधिक विवरण पठाई सक्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

आर्थिक वर्ष २०७८/०७८ को बजेट तर्जुमाका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको विस्तृत विवरण आवश्यक परेको भन्दै नपठाउने स्थानीय तहले अपुग रकम आफैले व्यहोर्नु पर्ने मन्त्रालयले जनाएको हो ।

‘सबै स्थानीय तहका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको अद्यावधिक विवरण यसै साथ संलग्न नमुना बमोजिम हार्ड कपि कार्यालयको पत्रसँग संलग्न गरी र सफ्ट कपि एक्सेल पाइलमा उपलब्ध गराउन र अन्यथा विवरण उपलब्ध नभएमा वा नगराएमा स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामा भएको विवरणकै आधारमा बजेट व्यवस्थापन गरिने र यदि रकम अपुग भएमा सो रकमको व्यवस्थापन स्थानीय तह स्वयं आफैले गर्नुपर्ने ब्यहोरा समेत सबै स्थानीय तहमा परिपत्र गरिदिनुहुन निर्देशानुसार अनुरोध छ’ मन्त्रालयकी शाखा अधिकृत रूपमा वि.क.ले परिपत्रका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासनमा पठाइको पत्रमा भनिएको छ ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif