Tuesday, 25th August, 2026
वि.स.

स्रोत नखुलेको ३० लाख रकमसहित २ भारतीय नागरिक पक्राउ

pakrau2-1623232170.jpg

रौतहटबाट प्रहरीले ३० लाख ७६ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।बुधबार बिहान परोहा नगरपालिका वडा नम्बर ९ रामपुरखापबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भारतको मोतिहारी घोडासहन बस्ने २२ वर्गीय बान्टीकुमार कलवार र २० वर्षीय सुरज कलवारलाई प्रहरीले पक्राउ गरेको हो।भारतबाट बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका उनीहरूमाथि प्रहरीले चेक गरेको थियो।

सो चेक गर्दा प्रहरीले उनीहरूको झोलाबाट ३० लाख ७६ हजार रुपैया बरामद गरेको कार्यालयले जनाएको छ। उक्त रकमको स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif