Monday, 24th August, 2026
वि.स.

स्थानीय सरकार संचालन ऐन संशोधनको तयारी [पत्र सहित]

MOFAGA-1598953118.jpg

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संशोधन गर्ने तयारी गरेको छ। त्यसका लागि मन्त्रालयले स्थानीय सरकारसँग सुझाव मागेको छ।

मन्त्रालयले जिल्ला समन्वय समिति महासंंघ, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघसँग लिखित सुझाव उपलब्ध गराइदिन पत्राचार गरेको हो।

हिजो, १५ भदौमा पठाइएको पत्रमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ समयानुकूल बनाउन मन्त्रालयले तयारी गरिरहेकाले के कस्ता कुरा परिमार्जन गर्नुपर्ने हो, लिखित रूपमा सुझाव दिन संघ र महासंघलाई भनिएको छ।

हेर्नुहोस् मन्त्रालयको पत्र: