nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थानीय तह शहीद स्मृति गोल्डकप मकवानपुरको उपाधि आर्मीलाई

111-1616305167.jpg

 बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता तेस्रो संस्करणको उपाधि विभागिय टोली त्रिभुवन आर्मीफुटबल क्लबले जितेको छ ।

हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थान९फरेष्ट्री०को खेल मैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक टोली साविक बिजेता रिगल हेटौंडा रिसोर्टले मकवानपुर–११ लाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

प्रतिष्पर्धात्मक भएको फाइनल खेलमा आर्मीका टेक बहादुर बुढाथोकीले ३९ औँ मिनेटमा गोल गरे । बाँकी समयमा मकवानपुर–११ ले गोल गर्न नसकेपछि आर्मीले उपाधि जितेको हो ।

उपाधि जिताउनको लागि उत्कृष्ट खेल प्रर्दशन गर्दै गोल गरेका टेक बहादुर बुढाथोकी म्यानअफ द म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिताको उपाधि विजेताले आर्मीले १० लाख रुपैयाँ र उपविजेता मकवानपुर–११ ले ५ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा मकवानपुर–११ का अमिर श्रेष्ठले रोयल इन्फिल्ड बुलेट बाईक पाएका छन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट फरवार्ड मकवानपुर–११ का रन्जन विष्ट, वेस्ट डिफेन्डरमा आर्मीका दिपक गुरुङ्ग, वेस्ट मिडफिल्डरमा आर्मीकै सेसेहाङ्ग आङ्दाम्बे , गोलरक्षकमा उपविजेता टोलीका बिवश चौधरी र आमीकै नबिन न्यौपाने वेष्ट कोचमा भएका छन् । विधागत उत्कृष्ट हुनेहरुलाई २५–२५ हजार सहित मेडल र प्रमाण पत्र पाएका छन् ।

गोल्डकपको विजेता र उपविजेतालाई प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका अध्यक्ष र्कमा छिरिङ्ग शेपा, बागमती प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बाँनिया, हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत लगायतले पुरस्कार बितरण गरेका थिए ।

२०६२–०६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा हेटौंडामा पहिलो पटक थालिएको गोल्डकपको तेश्रो संस्करणको आयोजना जिल्ला फुटबल संघ मकवानपुरले गरेको हो । मकवानपुरका १० वटै स्थानीय सरकारको सहयोगमा भएको प्रतियोगितामा एक विदेशी टोली सहित १० टोलीको सहभागिता रहेको थियो ।

२०६४ सालमा राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना गरिएको थियो । पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)