nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 14th May, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थानीय तह निर्वाचनः मकवानपुरमा तयारी पूरा, वैशाख ३१ गते विहान ७ बजेबाट मतदान शुरु

३१ वैशाख विहान ७ बजेबाट हुने स्थानीय तह निर्वाचनको तयारी मकवानपुर जिल्लामा पूरा भएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर जिल्लामा रहेको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र अरु आठ गाउँपालिकामा निर्वाचनको तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । 

निर्वाचनको तयारी स्वरुप ‘मतदान सामग्री एवम् कर्मचारी सबै मतदान केन्द्रमा पुगिसकेका छन् । उनीहरुले मतदाता शिक्षाको साथै मतदाता परिचय पत्र वितरण समेत गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकामा चारसय ८८ उम्मेदवार रहेका छन् भने थाहा नगरपालिकामा दुईसय ६३ जना छन् । गढी गाउँपालिकामा एकसय ५५, भीमफेदी गाउँपालिकामा एकसय ८६, बकैया गाउँपालिकामा दुईसय ४७, मनहरी गाउँपालिकामा दुईसय ११, बागमती गाउँपालिकामा एकसय ९० जना, इन्द्रसरोबर गाउँपालिकामा ९६ जना, राक्सिराङ गाउँपालिकामा एकसय ६५ जना र कैलाश गाउँपालिकामा दुईसय दुईजना उम्मेदवार रहेका छन् । 

जिल्लामा एकसय ६४ मतदान स्थल रहेका छन् । दुईसय ९५ वटा मतदान केन्द्र रहेका छन् । २२ राजनीतिक दलले निर्वाचनमा सहभागिता जनाएका छन् । जिल्लामा छसय ३० जना नेपाली सेना, दुईहजार एकसय ५८ जना नेपाल प्रहरी र म्यादी प्रहरी, पाँचसय २६ जना सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका दशजना सुरक्षार्थ खटिएका छन् ।

कुल चारलाख २७ हजा चारसय ९४ जनसंख्या रहेको मकवानपुरमा कुल दुईलाख २७ हजार सातसय ५९ जना मतदाता रहेका छन् । जसमध्ये एकलाख १५ हजार चारसय ८२ पुरुष, एकलाख १२ हजार दुईसय ७२ महिला र पाँचजना अन्य रहेका छन् । जिल्लामा कुल एकहजार सातसय ४३ जना कर्मचारी मतदान केन्द्रमा खटिएका छन् । जिल्लामा कुल दुईहजार दुईसय १३ जना उम्मेदवार रहेका छन् । 

मकवानपुरमा मतदान सकिएपछि मतपेटिका संकलन गरी मतगणना स्थलसम्म ल्याउने योजना र जिम्मेवारी बाँडफाँड गरेर मतगणास्थलको सुरक्षा व्यवस्था समेत मिलाइ सकिएको छ । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg