nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थानीय तह चुनाव सम्बन्धी कुनै जिज्ञासा छ ? १६६००१४४२२२ मा निःशुल्क फोन गर्नुहोस्

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको छ। १५ वैशाखमा स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा निर्वाचन आयोगले कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको हो।

कान्तिपथस्थित आयोगको कार्यालयमा सञ्चालनमा ल्याइएको कल सेन्टरबाट मतदाता र सरोकारवालाका प्रश्न तथा जिज्ञासाको जवाफ १६६००१४४२२२ नम्बरबाट तत्काल प्राप्त हुनेछ। नेपाल टेलिकमको नेटवर्कबाट उक्त नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन। कल सेन्टर २०७४ वैशाख १५ गतेदेखि आगामी असार ३ गतेसम्म बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने छ। 

त्यसैगरी, इसिएन एप आयोगको वेबसाइट  वा एन्ड्रोइड मोबाइलको प्लेस्टोर वा एप्पल मोबाइलको एप स्टोरबाट डाउन गरी इन्स्टल गर्न सकिनेछ।