nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थानीय तहले आफूखुसी कर लगाउन नपाइने भयो

स्थानीय तहले आफूखुसी करका दर तय गर्न नपाउने भएका छन् ।  ६ असारमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल उद्योग बाणिज्य महासंघबीच स्थानीय तहमा गरिने सबै क्रियाकलापमा सहकार्य गर्ने सम्बन्धि सम्झौता भएपछि आफूखुशी कर लाउन नपाइने भएको हो । स्थानीय तहमा लगाइने करमा नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगतका बस्तुगत संघका साथै स्थानीय संघहरुको समेत सहमति लिनुपर्ने भएको छ ।

स्थानीय तहमा करका दर तथा करका नयाँ क्षेत्र पहिचान गर्दा निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघ अन्तरगतका निकायको सहमती र संलग्नता अनिवार्य गरिएको छ ।

मन्त्रालयका सहसचिब रुद्रसिंह तामाङ र महासंघका अध्यक्ष भवानी राणाले यस्तो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg