Sunday, 16th August, 2026
वि.स.

स्थानीय जनप्रतिनिधिले प्रचारप्रसार गर्न नपाउने
प्रधानमन्त्री र मन्त्रीले आफ्नो क्षेत्रबाहेक अन्यत्र प्रचारप्रसार गर्न नपाउने

nirbachan-aayog_election-1661784842.jpg

आगामी ४  मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिले प्रचारप्रसार गर्न नपाउने भएका छन् ।

आयोगले सार्वजनिक गरेको निर्वाचन आचारसंहितामा प्रधानमन्त्रीदेखि मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नपाइने व्यवस्था गरिएको हो ।

आचारसंहिताको परिच्छेद ३ को ५ मा भनिएको छ, ‘नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नुहने’

यद्यपी, निर्वाचनमा आफैं उम्मेदवार भएका प्रधानमन्त्री, मन्त्री प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचारप्रसार गर्न भने पाउने उल्लेख गरिएको छ । तर, यसरी प्रचारप्रसार गर्दा सरकारी स्रोत साधनको प्रयोग भने गर्न नपाउने आचारसंहितमा उल्लेख छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०