Wednesday, 19th August, 2026
वि.स.

स्थानीय चुनावमा तरुणको भूमिका महत्वपूर्णः गृहराज्यमन्त्री बानियाँ

नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल हेटौंडा उपमहानगर समितिको बृहत तरुण भेला ३० चैत्रमा हेटौंडामा सम्पन्न भएको छ । नेपाल तरुण दल हेटौंडा उपमहानगर अध्यक्ष सुनिल गिरीको सभाध्यक्षता एवं नेपाली काँग्रेस मकवानपुरका सभापति, नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमूख अतिथि गृहराज्यमन्त्री बानियाँले आशन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसलाई चारै क्षेत्रमा जिताउन तरुण दलको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । बृहत तरुण भेलामा बोल्दै गृहराज्यमन्त्री बानियाँले अहिले मकवानपुरमा चारैक्षेत्र काँग्रेसमय भएकाले सशक्तरुपमा चुनाव प्रचारप्रसारमा लाग्न तरुण युवाहरुलाई आग्रह गरे ।

काँग्रेसले स्थानीय निकायमा जितेको खण्डमा १० हजार युवाले रोजगारी पाउने र प्रत्येक गाउँपालिकामा २र२ हजार युवाहरु स्वरोजगार हुने अवधारणा ल्याउन लागेको प्रमूख अतिथि गृहराज्यमन्त्री बानियाँले जानकारी दिए ।

कार्यक्रममा अतिथिहरु पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकारद्वय दामोदर सुवेदी, अशोक शाक्य, प्रभात दाहाल, जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्यहरु माधव वाग्ले, नारायण उप्रेती, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, नगर सभापति आनन्दराम पराजुली, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, नगर सचिव दीपक श्रेष्ठ, ४ नम्बर वडा अध्यक्ष कमलराज मैनाली, महिला संघ अध्यक्ष लक्ष्मी श्रेष्ठ, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा शिवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif