Monday, 17th August, 2026
वि.स.

स्कारपियाेमा ६५ किलाे गाँजा, हेटाैँडाबाट २ जना समातिए

1-1-2-1024x768-1627550734.jpg

मकवानपुर प्रहरीले ६५ किलो लागूऔषध गाँजा, स्कारपियो सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगपालिका वडा नंबर २० चनौली बस्ने ३८ वर्षीय रोशन परियार र मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नंबर ६ बस्ने ४३ वर्षीय ललित तामाङ रहेका छन् ।

१४ साउनमा हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ नेवारपानीमा मनहरी तर्फबाट हेटौंडातर्फ आउदै गरेको बा ११ च ९५०९ नंबरको स्कारपियो गाडीलाई चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको ६५ किलो लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । उक्त लागूऔषध गाँजा, स्कारपियो सहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०