Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सोमबार थाहामा १८ सङ्क्रमित थपिए, कूल सङ्क्रमित ५५४ पुग्याे

corona-update-thahatimes-1622466219.jpg

थाहा नगरपालिकामा सोमबार  १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गाउँटाेल र प्राथमिक स्वास्थ्य केन्द्रमा गरेको परिक्षणको क्रममा थाहा नगरपालिकाका राजनीतिक सल्लाहकार र जनप्रतिनिधिसहित १८ जनामा काेराेना देखिएकाे हाे ।

थाहा ३ काे  दम्की, डाँडागाउँ र शिखरकोटमा ५३ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ८ जनामा पोजेटिभ पुष्टि भएको डा. रिकेश कार्कीले जानकारी दिए । 

यसैगरी, प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा १३ जनाको परिक्षणमा ६ जना, बज्रबाराही स्वास्थ्य चौकीमा ७ जनाको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो । प्राथमिक स्वास्थ्य केन्द्रमा वडा नम्बर १ ओखर बजारमा १ जना, वडा नम्बर २ का ३ जना, ३ का २ जनामा पुष्टि भएको हो । यसैगरी, बज्रबाराही स्वास्थ्य चौकीमा गरिएको परिक्षणमा थाहा ६ का ४ जनामा संक्रमण पुष्टि भएको हो । यो समेत गरि सोमबारसम्म थाहानगरमा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।  

साेमबारसम्म थाहामा ५५ जना निको भई सामान्य अवस्थामा फर्किसकेका छन् । ६ जनाको मृत्यु भएको छ भने २० जनाको नगर बाहिरका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । ८ जना बज्रबाराही आइसोलेसनमा छन् । अन्य ४ सय ६५ जना होम आइसोलेसनमा छन् । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०