Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सुर्खेतको शाहीलाई थाहाका योगेन्द्रमानले गरे उद्धार

sasss-1622383739.jpg

थाहा नगरपालिकाका राजनीतिकर्मी एवम् समाजसेवी योगेन्द्रमान श्रेष्ठले सुर्खेत घर भएका एक युवालाई बज्रबाराहीबाट उद्धार गरेका छन् । नेपाली काँग्रेस थाहा नगर सभापतिसमेत रहेका श्रेष्ठले एक महिनादेखि थाहा–६ को सरस्वति बजार क्षेत्रमा बेवारिसे अवस्थामा रहेका युवालाई उद्धार गरेका हुन् । 

मानसिक अवस्था ठीक नभएका सुर्खेतका धनबहादुर शाही करिब ४ महिनादेखि हराइरहेकोमा एक महिना अघि थाहा नगरपालिकाको बज्रवाराही आइपुगेका थिए । बज्रबाराही क्षेत्रमा दयालुहरुले जे दिएको खाएर बेवारिसे अवस्थामा रहेका शाहीको घरठेगाना र सम्पर्क सोध्दा उनले बताउन सकिरहेका थिएनन् । श्रेष्ठका अनुसार शाहीले केही दिन अघि अकस्मात् दिएको नम्बर टिपेर फोन गर्दा उनको परिवारसँग सम्पर्क भएको थियो । 

शाहीका दाजु सम्पर्कमा आएपछि आइतबार श्रेष्ठले शाहीलाई एम्बुलेन्समा राखेर काठमाडौँ पठाएका हुन् । लकडाउनका कारण शाहीको दाजु बज्रबाराही आउन नसकेपछि शाहीलाई एम्बुलेन्समा राखेर पठाइएको श्रेष्ठले बताए । अहिले शाहीलाई उनका दाजुले उपचारका लागि पाटन अस्पताल पु¥याएका छन् । 

शाही एक महिनादेखि प्रायः बज्रवाराहीको नन्दिकेश्वर मन्दिरसँगै रहेको घाटको पाटीमा सुत्दै आएका थिए । उनका बुवा क्यान्सरबाट पीडित भएकोले काठमाडौँस्थित छाउनी अस्पतालमा उपचारारत रहेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०