Saturday, 15th August, 2026
वि.स.

सुमियन पाख्रिन नेपाल आईडलको टप १० मा, भाेटका लागि आग्रह

Sumiyan-pakhrin-1643381824.png

एपिवन टेलिभिजनबाट प्रशारण हुँदै आईरहेको नेपालको पहिलो चर्चित सिङ्गिङ रियालिटी शो नेपाल आईडल सिजन ४ मा मकवानपुरकी सुमियन पाख्रिन टप १० मा प्रवेश गरेकी छन् । सुमियन बिहिबारको ईपिसोडमा बटम ३ मा परेता पनि उनी सुरक्षित हुँदै टप १० मा प्रवेश गरेकी छन् ।

टप १० मा प्रवेश गरेकी उनले अब टप ९ मा पुग्न दर्शकको अमुल्य भोटको खाँचो रहेकोले आफूलाई अत्याधिक भोट गरिदिन अनुरोध गरेकी छन् । भोटिङ लाईन शुक्रबारको प्रस्तुतीपछि खुल्ला हुनेछन् । उनलाई भोट गर्न एनटिसी, एनसेल र स्मार्ट फोनबाट मोबाईलको एसएमएस बक्समा गई ११ टाईप गरी ३७००० मा अनि सेलपे एप डाउनलोड गरी भोट गर्न सकिनेछ भने देश बाहिरबाट सृष्टी एप डाउनलोड गरी भोट गर्न सकिनेछ । भोटिङ सोमबार बिहान १२ बजेसम्म खुल्ला रहने छ ।

हेटौंडा उपमहानगरपालिका वडा नंम्बर १५ कि सुमियन पाख्रिन, बुवा भिमबहादुर पाख्रिन र आमा देवीमाया दोङको कोखबाट जन्म लिएकी उनी चार दिदीबहिनीमध्ये कान्छी सुपुत्री हुन् । उनको सानैदेखि गीत संगीतमा रुचि रहेको उनले बताएकी छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif