Wednesday, 26th August, 2026
वि.स.

सुन चाँदीको मूल्य बढ्यो

gold1-1622535134.jpg

 नेपाली बजारमा मंगलवार पनि सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार २०० ले बढेको सुनको भाउ मंगलवार ३०० ले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला ९४ हजार ५०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला ३०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजारमा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला  ९३ हजार ७०० मा कारोबार भएको थियो ।

यस्तै, मंगलवार चाँदीको मूल्य पनि बढेको छ । सोमवार प्रतितोला १ हजार ३६० मा कारोबार भएको चाँदी मंगलवार १० ले बढेर प्रतितोला १ हजार ३७० मा खरीदविक्री भइरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif