Thursday, 27th August, 2026
वि.स.

सुन चाँदीको मूल्य बढ्यो

gold1-1618469896.jpg

नयाँ वर्ष २०७८ को सुरुवातसँगै सुनको मूल्य बढेको छ । २०७७ सालको अन्तिम दिन मंगलबार ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य नयाँ वर्षको दोस्रो दिन  बिहीबार तोलामा ३०० रुपैयाँले बढेको हो ।

सुनको भाउ बिहीबार तोलामा तीन सय रुपैयाँले बढेर तोलाको ८९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, बिहीबार चाँदी पनि तोलामा ३० रुपैयाँले बढेर तोलाको १२ सय ९० रुपैयाँमा पुगेको छ । विवाहको लगन बढेसँगै बजारमा सुनको माग बढ्न थालेको छ । सङ्घका अनुसार अहिले दैनिक ४० देखि ४५ किलो सुनको माग आउने गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif