Sunday, 23rd August, 2026
वि.स.

सुन चाँदीको मुल्यमा गिरावट

gold-1599034917.jpg

बुधबार सुन चाँदीको मुल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु १२ सयले घटेर प्रतितोला ९७ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस अघि मंगलबार सुन तोलाको ९८ हजार ४ सयमा कारोबार भएको थियो ।त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै बुधबार चाँदीको मुल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा ३० रुपियाँले घटेर १ हजार ३६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०