Thursday, 27th August, 2026
वि.स.

सुन चाँदीको भाउ घट्यो

gold1-1618212121.jpg

 सुनको भाउ सोमबार तीन सय रुपैयाँले घटेको छ ।

सोमबार सुनको भाउ तोलामा ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ । यसअघि गएको शुक्रवार सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ थियो ।

आइतबार काठमाण्डौमा सार्वजनिक बिदा र शनिवार भएकाले दुई दिन सुनको भाउ तोकिएको थिएन । यस्तै, सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ ।

चाँदी सोमबार तोलामा १२ सय ७५ रुपैयाँ तोकिएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif