Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सुन्दर बस्ती युवा समाजको सुन्दर काम : थाहा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

sundar-1622457566.jpg

थाहा नगरपालिका वडा नम्बर ७ देउखेलको  सुन्दर बस्ती युवा समाजले नगरमा कोरोना सङ्क्रमण  रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । 

समाजले आज सोमबार नगर कार्यपालिकाको कार्यालय, इन्द्रायणीचौर पुगेर नगर प्रमुख लवशेर विष्ट र उपप्रमुख खड्ग गोपालीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएको सामग्रीहरुमा छ हजार थान सर्जिकल मास्क, १० लिटर स्यानिटाइजर र २८८ डल्ला लाइफ ब्वाय साबुन रहेका छन् । 

नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न सुन्दर बस्ती युवा समाजको तर्फबाट जयराम खत्री, बिष्णुप्रसाद अर्याल, भुवन धमाला र सिताराम कार्की नगरपालिका कार्यालय आइपुगेका थिए । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०