Thursday, 20th August, 2026
वि.स.

सुनचाँदीको भाउ सस्तियो

gold1-1612339763.jpg

 सुनको मूल्य तोलामा ६ सय रुपैयाँले सस्तो भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारका लागि छापावाल सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार उक्त सुन प्रतितेला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघले आजकालागि तेजावी सुनको प्रतितेला मूल्य ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले सस्तो भएको छ । मंगलबार १३८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बुधकार १३२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०