Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

gold1-1623217352.jpg

बुधबार नेपाली बजारमा सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९४ हजार २०० रुपैयाँ कायम भएको हो । 

त्यस्तै तेजाबी सुन बुधबार प्रतितोला एकसय रुपैयाँले नै बढेर प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । यता चाँदी भने मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घट्दै एक हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०