Wednesday, 26th August, 2026
वि.स.

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

gold1-1618729594.jpg

साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य उकालो लागेको छ । स्थानिय बजारमा आइतवार सुनको मूल्य २०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ९० हजार ७०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ५०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला २०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला  ९० हजार २०० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला ९० हजारमा कारोबार भएको थियो ।

यस्तै, आइतवार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रवार प्रतितोला एक हजार ३०० मा कारोबार भएको चाँदी आइतवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेकको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif