Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सुनको मूल्य चार महिनायताकै सस्तो

gold-sun-1628498042.jpg

नेपाली बजारमा सुनको भाउ चार महिनायताकै सस्तो भएको छ । छापावाल सुनको भाउ २५ साउनमा एकै दिन तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

जुन गत वर्षको  २६ चैतअघिकै मूल्य बराबर हो । २५ साउनका लागि  तेजावी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँमा झरेको छ ।

२४ साउनमा ८९ हजार ५५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । २५ साउनमा चाँदीको भाउ पनि घटेको छ । चाँदीको बजार मूल्य एक हजार २२५ रुपैयाँ छ ।