Wednesday, 26th August, 2026
वि.स.

सुनको मुल्य घट्यो

gold1-1623044362.jpg

सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो । 

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । 

त्यसो त गत आइतबार सुनचाँदी दुबैको मूल्य वृद्धि भएकोमा सोमबार यता चाँदीको मूल्यमा समेत सामान्य गिरावट आएको महासंघले जनाएको छ । 

महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले घट्दै एक हजार ३५० रुपैयाँ कायम भएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif