Wednesday, 26th August, 2026
वि.स.

सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढ्यो

gold1-1621150873.jpg

साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन ९बैशाख ३१ गते० यस्तो सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
 तेजाबी सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif