Wednesday, 26th August, 2026
वि.स.

सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढ्यो

gold1-1620375677.jpg

साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलामै १ हजार १०० रुपैयाँले उकालो लागेको हो। योसँगै शुक्रबार प्रतितोला फाइन गोल्ड ९१ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार २०० रुपैयाँ कायम भएको छ।

 बिहीबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो। समग्रमा यो साताभरि सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले उकालो लागेको छ।

शुक्रबार  चाँदीको भाउ तोलामै ३५ रुपैयाँ बढेर १ हजार ३५० रुपैयाँ पुगेको छ। हिजो बिहीबार भने तोलामा ५ रुपैयाँ घटेको चाँदी १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।

यो साताभरि भने चाँदीको भाउ तोलामा ५५ रुपैयाँ बढेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif